नियम १२४
प्रहरी सेवामा पुनः
कायम भएपछि पूरा तलब भत्ता पाउनेः (१) कुनै प्रहरी कर्मचारीलाई सेवाबाट हटाउने वा बर्खास्त गर्ने गरी दिइएको आदेश कुनै अदालत वा अधिकारीबाट रद्द भई सेवामा पुनः कायम भएमा त्यस्तो प्रहरी कर्मचारीले सेवाबाट हटाइएको वा बर्खास्त गरिएको मितिदेखि पुनः कायम भएको मितिसम्मको पुरा तलब भत्ता र तलब वृद्धि पाउने भए तलब वृद्धिसमेत पाउनेछ ।
तर भगौडा वा गैर हाजीर भै सेवाबाट हटाईएको वा बर्खास्त गरिएको प्रहरी कर्मचारी सेवामा बहाली भएमा निजले भगौडा वा गैर हाजिर भएको अवधिको कुनै पनि सुविधा पाउने छैन ।
(२) उपनियम (१) मा तोकिए बमोजिम तलब भत्ता तथा तलब वृद्धि पाउने भए सो तलब भत्ता वापतको रकम निजको पुनर्वहाली भएको दरबन्दीबाट पाउनेछ ।